
नेपाल कम्युनिस्ट पार्टीका रोल्पा जिल्ला सेक्रेटरी सन्तोष सुवेदी प्रयासलाई आज बुधबार प्रहरीले गिरफ्तार गरेको छ ।
रोल्पाको मिझिनमा यात्रा गरिरहेको बेला रोल्पा सेक्रेटरी प्रयासलाई प्रहरीले कंचटमा पिस्तोल ताकेर गिरफ्तार गरेको प्रत्यक्षदर्शीले जनाएका छन् ।
शान्तिपूर्ण तवरले यात्रारत गरिरहेका नेकपाका जिल्ला नेता सुवेदीलाई गरिएको गिरफ्तार अनैतिक भएको रोल्पामा रहेका मानवअधिकारकर्मीहरुले बताएका छन् ।
प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन नजिकिदै गर्दा जिल्ला सेक्रेटरी प्रयासलाई गिरफ्तार गरेपछि नेपाल कम्युनिस्ट पार्टी रोल्पाको गिरफ्तारको कडा रुपमा निन्दा गरेको छ ।
गिरफ्तार जिल्ला नेता सुवेदीलाई तुरुन्त रिहा गर्न पनि नेकपा रोल्पाले सरकारलाई आग्रह गरेको छ ।
यसैबीच नेपाल कम्युनिष्ट पार्टी रुकुमका दुईजना जिल्ला सदस्यलाई प्रहरीले गिरफ्तार गरेको छ । गिरफ्तार अाफ्ना कार्यकर्तालार्इ अविलम्ब रिहा गर्न नेकपा रूकुमले अाग्रह गरेकाे छ ।







