
रोल्पामा नेपाल कम्युनिस्ट पार्टी सेक्रेटरी सन्तोष सुवेदीलाई बुधबार प्रहरीले गिरफतार गरेको ३ घण्टाको बीचमा जिल्ला इन्चार्ज दलबहादुर केसी जागृतिलाई पनि प्रहरीले लिवाङबाट गिरफ्तार गरेको छ ।
काठमाडौंमा औषधी उपचार गर्न सदरमुकाम लिवाङबाट गाडी चढ्दै गर्दा नेकपा जिल्ला इन्चार्ज जागृतिलाई सादा पोषाकमा रहेका प्रहरीले गिरफ्तार गरेको हो । उनी लामो केही समयअघि देखि अस्वस्थ रहेको उनको परिवारले बताएको छ ।
त्यसैगरी नेकपा जिल्ला नेता सन्तोष सुवेदीलाई लिवानमा गिरफ्तार गरेको एक घण्टाको बीचमा जिल्लाका दुईजना सदस्यलाई सातदोबाटोबाट गिरफ्तार गरेको छ ।
नेकपा नेता र कार्यकर्ता गिरफ्तार गराउन सुराकीको काम माओवादी केन्द्रका नेताहरुले गरेको नेकपाले आरोप लगाएको छ ।
यसैबीच नेकपा राप्ती व्युरो इन्चार्ज सुवासले रोल्पा जिल्ला इन्चार्ज जागृति र सेक्रेटरी सन्तोष सुवेदीलगायत गिरफ्तार दुई जिल्ला सदस्यलाई तरुन्त रिहा गर्न जिल्ला प्रशासनलाई आग्रह गरेका छन् ।
जनपाटीसँगको संक्षिप्त कुराकानीमा इन्चार्ज सुवासले शान्तिपूर्ण तवरले हिडडुल गरिरहेका आफ्ना नेता कार्यकर्तामाथि सरकारबाट भएका हिटलरी शैलीलाई तुरुन्त बन्द सरकारलाई आग्रह गरेका छन् ।







