शान्तिपूर्ण तबरले कार्यक्रम गरिरहेका र हिडिरहेका आफ्ना नेता र कार्यकर्तालाई माओवादी केन्द्रको सुराकीमा प्रहरी प्रशासनले धमाधम गिरफ्तार गर्न थालेपछि नेपाल कम्युनिस्ट पार्टी राप्तीले कडा विज्ञेप्ती जारी गरेको छ ।

नेकपा रोल्पा जिल्ला इन्चार्ज दलबहादुर खत्री जागृति र सेक्रेटरी सन्तोष सुवेदी प्रयासलगायत दुई जना जिल्ला सदस्यलाई बुधबार प्रहरीले गिरफ्तार गरेपछि राप्ती व्युरो इन्चार्ज सुवासले प्रहरी प्रशासनको कडा रुपमा भत्र्सना गरेका छन् ।

इन्चार्ज सुवासले आफ्ना नेता कार्यकर्ता गिरफ्तार हुनुमा माओवादी केन्द्रको उक्साउटमा भएको भन्दै त्यस्तो अनैतिक हर्कत रोक्न माकेलाई खबरदारी गरेका छन् ।

रोल्पाको इरिबानमा नेकपाको शान्तिपूर्ण कार्यक्रम भइरहेको बेला माकेका गुण्डाहरु आएर कार्यक्रम बिथोल्न खोजेको तर जनताको प्रतिकारपछि ती गुण्डाहरु पछि हट्न बाध्य भएको व्युरो इन्चार्ज सुवासको विज्ञेप्तीमा उल्लेख छ ।

रोल्पासहित रुकुममा पनि आफ्ना दुई जना जिल्ला स्तरका नेतालाई प्रहरीले गिरफ्तार गरेकोमा पनि इन्चार्ज सुवासले कडा रुपमा निन्दा गरेका छन् ।

राप्तीमा आफ्ना गिरफ्तार नेता कार्यकर्ताहरुलाई तत्काल प्रहरी प्रशासनले रिहा गर्न पनि व्युरो इन्चार्ज सुवासले विज्ञेप्तीमार्फत आग्रह गरेका छन् ।

शान्तिपूर्ण कार्यक्रम गरिरहेका आफ्ना नेता कार्यकर्तालाई सरकारले रिहा नगरे त्यसको आन्दोलनबाट कडा रुपमा प्रतिकार गरिने इन्चार्ज सुवासले चेतावनी दिएका छन् ।

व्युराे इन्चार्ज सुवासद्धारा जारी विज्ञेप्तीकाे पूरा पाठ :

 

 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार