एमाले र माओवादी केन्द्रको गठबन्धन बन्नमा पश्चिमा शक्तिहरुको चलखेलले ठूलो काम गरेको उच्च राजनीतिक स्रोतले बताएको छ ।

नेपालको राजनीतिमा पश्चिमाहरुको भूमिकालाई बलियो र शक्तिशाली बनाउने, आफ्नो धर्म र संस्कृतिलाई देशव्यापी विस्तार गर्ने पश्चिमाहरुको डिजाइनमा वाम गठबन्धन बनेको उच्च स्रोतको भनाई छ ।

एमाले र माओवादी केन्द्रका ठूलो पंक्ति पछिल्ला दिनमा क्रिश्चियन धर्मप्रति आर्कषित भइरहेको बेला पश्चिमा देशहरुले वाम गठबन्धनबाट नेपालमा स्थायी सरकार निर्माण गर्ने र त्यसैको जगमा आप्नो धर्म र संस्कृतिलाई विस्तार गर्ने रणनीतिका साथ वाम गठबन्धन बनाउन पश्चिमाहरुले भूमिका खेलेको बुझिएको छ ।

चीनको भूमिका रहेको भनिएको वाम गठबन्धनमा संस्थापन नभई व्यापारिक चीनको संलग्नता रहेको बुझिएको छ ।

चिनियाँ कम्युनिस्ट पार्टी र चिनियाँ सरकारको कुनै पनि संलग्नता यो वाम गठबन्धन बन्नमा नभएको भन्दै चिनियाँ अधिकारीहरुले नै रातारात गठबन्धन बन्न पुगेकोमा आश्चार्य व्यक्त गरेको छ ।

‘हामीले त निकै पहिलेदेखि नै नेपालमा कम्युनिस्ट पार्टीहरु एक हुनुपर्छ भनेर भन्दै आएका हौ तर अहिले नेपालमा वाम गठबन्धनका नाममा एक्कासी जुन समीकरण बन्यो हामी आश्चार्यचकित भएका छौं’ एक चिनियाँ अधिकारीले नेपाल आउँदा भनेका थिए- ‘नाटकिय रुपमा बनेको यो वाम गठबन्धनमा हाम्रो चिनियाँ कम्युनिस्ट पार्टी र सरकारको कुनै आधिकारिक संलग्नता छैन ।’

वाम गठबन्धन बन्नुमा चीनले आफ्नो आधिकारिक संलग्नता नरहेको बताइरहँदा दक्षिणतिर रहेको भारतको संस्थापनले पनि यो गठबन्धन कसरी र कस्को निर्देशनमा बन्यो भन्ने कुरामा पनि आश्चार्य प्रकट गरेको छ ।ं

हुन त भारतको संस्थापनले अप्रत्यक्ष रुपमा कथित वाम गठबन्धनको विरोध गरेर आफ्नो भूमिका नरहेको जनाउदिएको छ । बरु भारतका थुप्रै विङ्सहरु नेपालको राजनीतिमा हावी हुने गरेको र कांग्रेस आर्इको भूमिका हुन सक्ने अडकल पनि गरिएको छ ।

नेपालको राजनीतिमा भारत र चीनको भूमिकालाई कमजोर बनाएर पश्चिमा राजनीति, धर्म र संस्कृतिलाई बढावा दिने मिसनका साथ युरोपियन युनियनहरु हावी हुन कथित वाम गठबन्धन बनाउन पश्चिमाहरुको भूमिका रहेकाे विश्लेषकहरुको राय छ ।

अहिले हुन गइरहेको प्रतिनिधिसभा निर्वाचन र प्रदेशसभा निर्वाचन पनि पश्चिमाहरुको दबावमा परेर यहाँका दलहरु चुनावमा गएको राजनीतिक विश्लेषेकहरुको भनाई छ ।

जसरी पनि आफ्नो मिसन पूरा गर्न पश्चिमाहरु जुनसुकै बाटो प्रयोग गर्न तयार हुने र त्यही बाटो चुनावलाई प्रयोग गर्न पश्चिमाहरुले जसरी पनि चुनाव चाहेका छन् ।

दोस्रो संविधानसभा निर्वाचनमा करोडौं रकम खर्चेको युरोपियन युनियनले अहिले पनि चुनाव पर्यवेक्षण गर्न भनेर ४० करोड रकम बिनियोजन गरेको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार