
नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य एवं पूर्वी कमाण्डका इन्चार्ज हेमन्तप्रकाश ओली सुदर्शनले सरकार फासिवादी एवं निरंकुश बनेको बताएका छन् ।
मेची ब्युरो इन्चार्ज सन्तकुमार लिम्बुलाई प्रहरीले अस्पतालको शैयाबाटै गिरफ्तार गरेपछि शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै नेता सुदर्शनले दलाल संसदीय व्यवस्था सम्हालिरहेको सरकार लोकतन्त्र र मानव अधिकारको ढोल पिट्दै निरङ्कुश रुपमा प्रस्तुत हुन थालेको बताएका छन् ।
कमाण्ड इन्चार्ज सुदर्शनले सरकार देशमा फासिवादी शासन लाद्न अाफ्ना नेता कार्यकर्तामाथि दमन र धरपकड गरेकाे बताउँदै त्यसकाे अब नेपाली जनताले प्रतिकार गर्ने चेतावनी दिएका छन् ।
विज्ञप्तिमा सन्तकुमार लिम्बुलगायत गिरफ्तार गरिएका सम्पूर्ण नेता कार्यकर्ताहरुलाई विनाशर्त रिहाईको माग पनि गरिएको छ ।
सुदर्शनद्धारा जारी विज्ञप्तिको पूर्णपाठ :








