राेल्पामा माअाेवादी केन्द्रका नेता वर्षमान पुन अनन्त चढेकाे गाडीमा शक्तिशाली बम विस्फाेट भएकाे छ ।

जिल्लाको माडीगाउँपालिका– १ स्थिति भिट्टाबाङ भन्ने ठाउँमा माओवादी नेता वर्षमान पुन चढेको गाडीमा माइन बिस्फोट भएको हाे ।  पुनले माइन विस्फोट विप्लव नेतृत्वका कार्यकर्ताले गरेकाे अाराेप लगाएका छन् ।

विस्फोटका कारण गाडीमा समान्य क्षति पुगेको छ ।  उम्मदेवारको सुरक्षामा स्कटिङमा रहेको टोलीले जवाफी फायरिङ समेत गरेकाे छ ।

माइन बिस्फोट हुँदा दुईवटा गाडीमा सामान्य क्षति भए पनि गाडीमा रहेका सबैजना सकुशल रहेको र अहिले स्थिति सामान्य भइसकेको नेता वर्षमान पुनले बताएका छन् ।

साथै वर्षमान पुनसमेत चढेको गाडीमा माओवादीकी समानुपातिक उम्क्मदेवार जयपुरी घर्ती,  रोल्पा -२ का माओवादी प्रत्यक्ष उम्मेदवार दीपेन्द्र पुन पनि थिए । साथमा एमालेका पोलिटब्यूरो सदस्य गोकुल घर्ती र एमालेबाट प्रदेशसभाका समानुपातिक उम्मेदवार ईश्वरी घर्ती एउटै टाेलीमा भए पनि छुट्टै गाडीमा थिए ।

शुक्रबार मात्रै रुकुममा पनि माओवादी केन्द्रका उम्मदेवार जनार्दन शर्मालाई लक्षित गरेर शक्तिशाली बम प्रहार भएकाे थियाे ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार