रोल्पामा चुनावी अभियान लिएर हिडेका माओवादी केन्द्का नेता-कार्यकर्ता र चुनाव खारेज अभियान लिएर हिडेका नेता-कार्यकर्ताबीच दिनहुँ झडप भइरहेका छन् ।

अाइतबार राेल्पामा माअाेवादी केन्द्रकाे चुनावी सभालार्इ नेपाल कम्युनिस्ट पार्टीकाे नेतृत्वमा स्थानीय जनताले बिथाेलिदिएका छन् ।

माओवादी केन्द्र नेता तथा पूर्व अर्थमन्त्री वर्षमान पुन ‘अनन्त’ आइतबार रोल्पाको बागमारामा पुगेकाे चुनावी सभालार्इ जनताले विथोलिएका हुन् ।

वामगठबन्धनकाे नेतृत्व गरेर नेता वर्षमानको टोली बाघमारा पुगेपछि नेकपाका कार्यकर्ता र जनताले नारा जुलुश गरेरविराेध जनाएका थिए । नेकपाका कार्यकर्ताले चुनावी विराेधी नारा लगाएपछि कार्यक्रमस्थल दुई खोलीमा दुई घण्टासम्म ढुङ्गा हानाहान तथा लखटालखट भएको स्थानीयले बताएका छन् ।

पूर्वघाेषित कार्यक्रमअनुसार वामगठबन्धनकाे कार्य्रकम चुनावी सभा बिथोलिएपछि अनन्तको टोली दिनभरि दुई खोलीमा प्रहरीको घेराभित्र रहेकाे बताइएकाे छ ।

शनिबार मात्र माअाेवादी केन्द्रका नेता वर्षमान पुनकाे गाडीमा बम विस्फाेट भएकाे थियाे ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार