नेपाल कम्युनिस्ट पार्टी रोल्पाले आफ्ना गिरफ्तार नेता कार्यकर्ता रिहार्इकाे माग गर्दै आज एकदिने रोल्पा बन्दको आयोजना गरेको छ ।
जिल्ला इन्चार्ज दलबहादुर खत्री जागृति, सेक्रेटरी सन्तोष सुवेदी प्रयास र अरु दुई जिल्ला सदस्यलाई शान्तिपूर्ण तवरले हिडडुल गरिरहेको बेला गिरफ्तार गरेको र उनीहरुको तत्काल रिहाइका लागि बन्दको आयोजना गरिएको नेकपा रोल्पाले बताएको छ ।
रोल्पा जिल्ला कार्यालय सदस्य प्रतापद्धारा जारी विज्ञेप्तीअनुसार एकदिने बन्दलाई सफल पारिदिन उद्योगी, कलकारखाना र शिक्षणसंस्थाहरु बन्द गरिदिन अनुरोध गरिएको छ ।
आफ्ना नेता कार्यकर्तालाई तुरुन्त रिहा नगरे कडा आन्दोलन गर्न बाध्य हुने नेकपा रोल्पाले जनाएको छ ।
विज्ञेप्तीकाे पूरा पाठ :








