शान्तिपूर्ण तवरले बोल्न, लेख्न र कार्यक्रम गर्न दिने ०४७ को संविधानलाई समेत लात हान्दै सरकारले नेपाल कम्युनिस्ट पार्टीका दर्जनौं नेता कार्यकर्ता गिरफ्तार गरेको छ । अाइतबार र साेमबार मात्र नेकपाका दुर्इ दर्जन भन्दा बढी नेता कार्यकर्ता पक्राउ परेका छन् ।

सोमबार झापामा जिल्ला सेक्रेटरीसहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । झापा जिल्ला सेक्रेटरी दीपक गुरुङ, मेची अञ्चल व्यूरो सदस्य दर्शन भन्ने दीपक लताङ्ग्री, सांस्कृतिक मेची व्युरो संयोजक नवल गजमेर र झापा क्षेत्र नम्बर १ का किसान संगठनका क्षेत्रीय संयोजक खोम मिश्रलाई प्रहरीले गिरफ्तार गरेको हो ।
प्युठानमा नेकपा जिल्ला सचिवालय सदस्य गीरुप्रसाद भुसाल ‘परिवर्तन’,राष्ट्रिय युवा जनस्वयम् सेवकका केन्द्रीय सदस्य हरि बस्नेत र अखिल (क्रान्तिकारी)का केन्द्रीय सदस्य तथा युवाको पनि केन्द्रीय सदस्य पदम पोखरेललाई प्रहरीले गिरफ्तार गरेको छ ।
त्यसैगरी सोमबारै प्युठानको गौमुखी गाउँपालिका स्थित ठूलाबेशीबाट अखिल नेपाल शिक्षक सङ्गठनका प्युठान अध्यक्ष जागेश्वर आचार्यलार्ई प्रहरीले गिरफ्तार गरेको छ । आचार्यलाई ‘भेटघाट छ भन्दै बोलाएर सोमबार गिरफ्तार गरेको’ हो ।
नेपाल कम्युनिस्ट पार्टी, लम्जुङका सेक्रेटरी सन्तोष कोइराला सहित तीन जनालाई प्रहरीले गिरफ्तार गरेको छ । उनीहरुलाई आइतबार लम्जुङबाट गिरफ्तार गरिएको हो । पक्राउ पर्ने अन्य नेताहरुमा पार्टी जिल्ला सदस्यद्वय टेकतारा र गोविन्द रहेका छन् । टेकतारा तमुवान स्वायत्त जनसरकार प्रमुख हुन् l
यसैबीच अाइतबार प्रहरीले नेपाल कम्युनिस्ट पार्टी, लम्जुङका सेक्रेटरी सन्तोष कोइराला सहित तीन जनालाई प्रहरीले गिरफ्तार गरेको छ । उनीहरुलाई आइतबार लम्जुङबाट गिरफ्तार गरिएको हो ।
त्यसैगरी अाइतबार मात्र कास्की जिल्लाबाट १० जना र गोर्खा जिल्लाबाट ४ जनालाई गिरफ्तार गरेको छ । शनिबार राती पोखरा लेखनाथ महानगरपालिका–१८ सराङकोटस्थित लामा गाउँमा मशाल जुलुस गर्न लागिरहेको अवस्थामा नेकपा कास्कीका सदस्यद्वय परिवर्तन, रामकाजी गुरुङ लगायत ९ जना लाई गिरफ्तार गरेको थियो भने सोही दिन बिहान पार्टी जिल्ला सदस्य बिजय अधिकारी र काजी गुरुङलाई पनि गिरफ्तार गरी हिरासतमा राखेको थियो ।
नेकपाका यी सबै नेता कार्यकर्ता शान्तिपूर्ण रूपले कार्यक्रम गरिरहेका प्रहरीले पक्राउ गरेकाे थियाे ।







