
ढिलोगरी प्राप्त समाचारअनुसार माओवादी केन्द्रको सोमबार थबाङमा गरिएको कार्यक्रम नेपाली सेनाको घेराको बीचबाट सम्पन्न गरिएको छ ।
ठूलो संख्यामा नेपाली सेना परिचालन गरेपछि स्थानीय थबानी जनता गाउँ छोडेर भागेपछि माओवादी केन्द्रको कार्यक्रम उवा र मिरुलबाट एक सयदेखि डेड सयको उपस्थितिमा गरिएको थियो ।
करिब एक घण्टाको कार्यक्रममा माओवादी केन्द्रका प्रतिनिधिसभा उम्मेदवार वर्षमान पुन अनन्तले वाम गठबन्धनले जिते थबाङमा ठूलो मात्रामा विकासका लहर लिने आश्वासन दिएका थिए ।
थबाङमा नेपाल कम्युनिस्ट पार्टीको ठूलो प्रभाव रहेको क्षेत्र मानिएको थाहाँ पाएपछि वर्षमान पुनले कार्यक्रमको सुरक्षाका लागि नेपाली सेनालाई गुहारेपछि सेनाले थबाङ गाउँ र कार्यक्रमस्थललाई पूर घेराबन्दी गरेको थियो ।
थबाङमा स्थानीयहरुको उपस्थिति नभएपछि माओवादी नेता वर्षमान पुनको टीम निराश भएर फर्किएको थियो ।







