
राेल्पा, रूकुम, दाङलगायत देशका विभिन्न स्थानमा मतदाताले निर्वाचन सामाग्री जलाएका छन् । मतदाता शिक्षाको लागि भन्दै जिल्ला जिल्लामा पुगेका निर्वाचन सामाग्रीहरु स्थानीयले कब्जामा लिएर जलाएका हुन् ।
दाङको तुल्सीपुरका स्थानीयहरूले बुधबार निर्वाचन सामाग्री जफत गरेर जलाइदिएका छन् । तुल्सीपुर ५, पिपलबोट नजिक बसपार्कमा स्थानीयहरूको सकृयतामा निर्वाचन सामाग्री खोसेर जलाइएको हो ।
त्यस्तै मंगलबार दाङको गढवा खैरामा स्थानीय जनताले निर्वाचन सामाग्री खोसेर च्याति दिएका छन् । गढवा ५, खैरामा स्थानीय जनताले निर्वाचन सामाग्री बोकेर गइरहेका स्वयमसेविकाबाट खोसेर च्याति दिएका हुन् ।
उता रोल्पामा पनि आज बिहान निर्वाचन सामाग्रीहरु खोसेर जलाइएको छ । रोल्पाको सुनछहरी गाउँपालिका १, घुसबाङमा स्थानीय जनताले निर्वाचन सामाग्री नियन्त्रणमा लिइ जलार्इ दिएका हुन् ।
निर्वाचन आयोग रोल्पाले खटाएको टिमबाट निर्वाचन सामाग्री खोसेर जलाइ दिएका छन् । बुधबार बिहान करिब साढे १० बजेतिर निर्वाचन सामाग्री नियन्त्रणमा लिइ निर्वाचन सामाग्री जलाइएको रोल्पाबाट प्राप्त समाचारमा उल्लेख छ । रुकुममा पनि निर्वाचन सामाग्री जलाइएको त्यहाँबाट स्थानीय प्रशान्त मगरले बताएका छन् ।
उता कर्णालीको जुम्लाको सिँजामा पनि निर्वाचन सामाग्रीहरु कब्जामा लिएर स्थानीयले जनाएका छन् ।







