भीम नेपाली, घाेडाँगाउँबाट ।

आफ्नो आधार क्षेत्र दावी गरेको माओवादी केन्द्रका उम्मेदवारहरु रोल्पाका धेरै गाउँहरुमा पुग्नै सकेका छैनन् ।

केही दिनअघि रोल्पाको पश्चितिरको चुनावी यात्रामा बम विस्फोटको लालआतंक भोगेका पुनले त्यसपछि भने निकै ठूलो सुरक्षा चुनौती झेलेका छन् ।

त्यही भएर उनले गाउँ पुग्ने धेरै चुनावी कार्यक्रम स्थगित गरेर जहाँ जहाँ प्रहरी चौकी रहेको ठाउँ छ, त्यही मात्र उनले चुनावी कार्यक्रम गर्ने गरेका छन् ।

कार्तिक २९ गते रोल्पाको दक्षिण भेग मसिना आइपुगेका उनी त्यहाँबाट घोडागाउँहुँदै कयौं गाउँ चहार्ने योजना बनाएका थिए । तर घोडागाउँ आसपासका गाउँमा आउने उनको योजा एक्कासी रद्ध हुन पुग्यो ।

त्याे थियाे, नेकपाकाे प्रभाव क्षेत्र मानिएकाे घाेेडागाउँ । जहाँ उनलार्इ सुरक्षा चुनाैती थपिएकाे महसुश भएपछि गाउँहरूकाे चुनावी कार्यक्रम स्थगित गरेर वर्षमान पुन राेल्पा मसिनाबाट हाेलेरी-दाङहुँदै लिवाङतिर फर्किए ।

कार्तिक ३० गते मात्र घोडागाउँमा कांग्रेस उम्मेदवार अमरसिंह पुनलाई लक्षित गरेर बम विस्फोट गराइएको छ ।

संसदीय व्यवस्थाका विरुद्ध नयाँ व्यवस्थाको विकल्प दिएको नेपाल कम्युनिस्ट पार्टी अहिले चुनाव खारेज अभियानमा छ । त्यही पार्टी निकट शुभचिन्तक जनताले स्वतस्फुर्त रुपमा आक्रोशको बदला गाउँ गाउँमा प्रकट गरिरहेको नेकपाका नेताहरुले बताउने गरेका छन् ।

रोल्पा माओवादी जनयुद्धको मुख्य केन्द्र भाग रह्यो । प्रतिक्रियावादी संसदीय व्यवस्थाका विरुद्ध भनेर रोल्पाबाट मात्र झण्डै एक हजार मान्छेले बलिदान गरे । त्यो बेला माओवादी पार्टी र यसका नेताहरुले जनतालाई ठूल्ठूला सपना देखाए ।

यसरी माओवादी हिजो जनयुद्धमा जे कसम खाएर लडे र जनतालाई लडाए, त्यो प्रतिबद्धता पूरा नगरेपछि क्रान्तिकारी जनता आतंकित बन्नु स्वभाविक भएको विश्लेषकहरुको राय रहेको छ ।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार