
राज्यमन्त्री पुनमाथि बम विस्फाेट भएकाे स्थल घाेडागाउँ ।
राेल्पाकाे घोडागाउँमा कांग्रेस उम्मेदवारलाई लक्षित गरी सुतली बम प्रहार गरिएको छ ।
चुनावीसभा गर्न सदरमुकाम लिबाङबाट रुन्टीगढी गाउँपालिका जौलिपोखरीतर्फ जाँदै गर्ने क्रममा घोडागाउँको भाग्रीबाङमा आज (बिहीबार) १ बजे सुतली वम विष्फोट गराइएको हाे । साे घटनाबारे रोल्पा प्रमुख जिल्ला अधिकारी डा. डिजन भट्टराईले जानकारी दिएका छन् ।
बम विष्फोटबाट कुनै क्षति भएको छैन ।
नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार अमरसिंह पुनसहितको चुनावी टोलीलाई लक्षित गरी बम विष्फोट गराइएको प्रशासनले जनाएको छ ।
पुन सिंचाई राज्यमन्त्री समेत हुन् । घटनास्थलमा अहिले व्यापक प्रहरी परिचालन गरिएको छ ।







