
निर्वाचन नजिकिदै गर्दा रोल्पामा उम्मेदवार लक्षित गरेर बम बिस्फोट भइरहेको छ ।
यसै क्रममा माओवादी केन्द्रका नेता कृष्ण बहादुर महरा, पुर्व अर्थमन्त्री बर्षमान पुन “अनन्त” लाई लक्षित गरी बम प्रहार गरिएको छ। साथमा निवर्तमान सभामुख अाेनसरी घर्ती पनि थिइन् ।
शुक्रबार जिल्ला सदरमुकाम लिबाङमा हुने चुनावी सभालाई सम्बोधन गर्न जाने क्रममा माओवादी केन्द्रका नेताहरुलाई पौने बाह्र बजे सातदोबाटो नजिकैको भदौरे जंगलमा बम विष्फोट गराईएको हो।
जंगलबाट फालिएको बम सडकबाट केही माथि जंगलमा पड्केकाले क्षति हुन नपाएको प्रहरीले जनाएको छ। जंगलमा विष्फोट नभएको अवस्थामा अर्को बम पनि फेला परेको छ। सदरमुकाम लिबाङदेखि करिव पाँच किलोमिटरको दूरीमा बम विष्फोट भएको हो।
सातदोबाटोमा प्रहरीको चेक प्वाईन्टबाट तीन किलोमिटर नजिक पर्दछ। पछिल्लो समय जिल्लामा श्रंखलावद्ध आक्रमणका घटना भइरहेका छन्।







