अखिल नेपाल जनसांस्कृतिक महासंघका केन्द्रीय महासचिव तथा लेखक संघका उपाध्यक्ष खेम थपलिया आज शुक्रबार प्रहरीको गिरफ्तारमा परेका छन् ।

काठमाडौंस्थित अखिल नेपाल लेखक संघको एक परिसंवाद कार्यक्रमका बीच उनलाई प्रहरीले गिरफ्तार गरेको लेखक संघले बताएको छ ।

लेखक संघको कार्यक्रमका बीचमा लेखक थपलियालाई गिरफ्तार गरेको भन्दै अखिल नेपाल लेखक संघका केन्द्रीय अध्यक्ष मातृका पोखरेलले सरकारको कडा रुपमा भत्र्सना गरेका छन् ।

‘ओ सरकार ! कलम चलाउने एउटा स्रस्टालाई गिरफ्तार गरेर कस्तो शान्ति खोजेको हो ? प्रलेस परिसम्वाद कार्यक्रमको नवौं शृङ्खलामा सहभागी भैरहेकै समयमा प्रगतिशील लेखक सङ्घका उपाध्यक्ष खेम थपलियाको गिरफ्तारी निन्दनीय छ ।’ लेखक संघका अध्यक्ष पाेखरेलले भनेका छन् -‘एकजना कलमजीविको यथाशीघ्र रिहा गरियोस् ।’

यसैबीच अखिल नेपाल जनसांस्कृतिक महासंघका केन्द्रीय सचिव अशाेक सुवेदीले पनि महासंघका महाचिव थपलियाकाे गिरफ्तारीकाे घारे भर्त्सना गरेका छन् । सरकारले एउटा लेखक एवं संस्कृतिकर्मीलार्इ गिरफ्तार गरेर कायरता प्रर्दशन गरेकाे बताएका छन् ।

थपलिया जनपाटी अनलाइनका सम्पादक हुनुका साथै जलजला मासिकलगायत थुप्रै पत्रिकाका सम्पादक समेत रहेका छन् ।

मातृका पाेखरेलले फेसबुकबाट थपलिया गिरफ्तारीकाे यसरी निन्दा गरेका छन् ।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार