ज्ञानेन्द्र न्याैपाने,लिवाङबाट ।

रोल्पामा दश वर्षे जनयुद्धकालीन संकटकालमा जस्तै अहिले आम नागरिकलाई प्रहरीले कडा निगरानी गर्न थालेपछि सर्वसाधारणहरु हैरानीमा परेका छन् ।

माओवादी केन्द्रका नेताहरुको ठाडो आदेशमा प्रहरीलाई यस्तो निर्देशन दिएपछि सदरमुकाम र जिल्लाभरि यातायातमा सवार गर्ने यात्रीहरुलाई गाडीबाट आर्लन लगाउने र नामसहित ठेगाना टिप्न लगाएर प्रहरीले सर्वसाधारणलाई दुख दिन थालेको छ ।

निर्वाचनका क्रममा माओवादी केन्द्रका उम्मेदवारहरुलाई सुरक्षा चुनौती थपिएको भन्दै माकेका नेताहरुको आदेशमा यस्तो कदम चालिएको प्रहरी प्रशासनको भनाई रहेको छ ।

सदरमुकाम लिवाङबाट बाहिर जाने र आउने सर्वसाधारणहरुलाई गाडीबाट ओर्लन लगाउने र सबै बायोडाटासहित प्रहरीले विवरण माग गरेर यस्तो दुख दिन थालेपछि आम नागरिकले संकटकालको महसुश गरिरहेका छन् ।

रोल्पाका दर्जनौ ठाउँमा प्रहरीको यस्तो चेकिङ हुन थालेको छ । सदरमुकाम लिवाङ, सुलिचौर, खुंग्रीलगायत दर्जनौं ठाउँमा सदरमुकाम भित्रिने र बाहिरिने प्रत्येक यात्रीलाई गााडीबाट ओर्लन लगाइन्छ र सबै विवरण माग गरिन्छ ।

पुलिस प्रशासनको यस्तो हत्कण्डाबाट सर्वसाधारण नागरिकलार्इ हैरानी पारेको भन्दै मानवअधिकारर्मी, नागरिक समाज र पत्रकारले विरोध गरेका छन् ।

अातंकित राेल्पा सदरमुकाम लिवाङ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार