नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द पौडेलको गाडीमा बम बिस्फोट भएको छ ।

शनिबार गोरखाको पालुङटारमा भएको आमसभालाई सम्बोधन गरी लमजुङतर्फ जाने क्रममा कांग्रेस नेता रामचन्द्र पौडेललाई लक्षित गरी बम प्रहार भएको हाे ।

पाैडेल चढेको गाडी तनहुँको भानु गाउँपालिका १० स्थित नेपालडाँडा भन्ने ठाउँमा पुग्दा बम प्रहार भएको हो । बम प्रहार भए पनि कुनै मानवीय क्षति हुन नपाएको पौडेलका सहयोगी सूर्यचन्द्र बस्नेतकाे भनार्इ छ ।

पौडेल गोरखाको पालुङटारमा लोकतान्त्रिक गठबन्धनले गरेको आमसभामा सहभागी भएर अर्को सभामा सहभागी हुन लमजुङ जाँदै थिए ।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार