भोजपुरमा टाइम बम बिस्फाेट हुँदा दुर्इ प्रहरीसहित तीन जना घाइते भएका छन् ।घाइते हुनेमा एमाले कार्यकर्ता रहेका छन् ।

टाइम बम हटाउने क्रममा पड्किएपछि दाहोरो भिडन्त भएको जिल्ला प्रहरी कार्यालयका इनिस्पेक्टर गित नारायण चौधरीले बताएका छन्। घटनामा दुइ जना प्रहरी समेत सामान्य घाइते भएका छन्। भिडन्तमा असई उमेस मेहेता र टेकनारायण चौधरी घाइते भएका छन्।

षडानन्द नगरपालिका १३ वोयाको भिरथाप्लो भन्ने ठाउँमा राखेको टाइम बम हटाउने क्रममा दोहोरो भिडन्त भएको हो।

यसैगरी वाम गठबन्धनको साल्पा सिलोचो गाउँपालिका २ कुलुङ्गमा भैरहेको सभामा पनि बम पड्किएको थियाे ।

सभामा नै बम पड्किएपछि सभा तितर वितर भएको राजेश राईले जानकारी गराएका छन्  । बम प्रहारबाट कुनै क्षति नभएको राईले बताए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार