प्रहरीले नेपाल कम्युनिस्ट पार्टीका चितवन जिल्ला इन्चार्ज लालबहादु बिसी र मोरङ इन्चार्ज पुष्कर श्रेष्ठसहित चार जनालाई गिरफ्तार गरेको छ ।

चितवन इन्चार्ज बिसीलाई भरतपुर महानगरपालिकाको कटहर चोकबाट गिरफ्तार गरिएको हो ।

बीसीको गिरफ्तारीको भत्सर्ना गर्दै बिनासर्त इन्चार्ज बीसीलाई तत्काल रिहाई गर्न नेकपा चितवनले माग गरेको छ । रिहाई नगरे कडा संघर्षको घोषणा गर्ने चेतावनी नेकपा चितवनले जनाएको छ ।

उता माेरङ इन्चार्ज पुष्करलार्इ सडकमा हिडिरहेको अवस्थामा शनिवार साँझ प्रहरीले गिरफ्तार गरेको हाे । मोरङबाटै नेकपा जिल्ला सदस्य तथा बिद्यार्थी अध्यक्ष फडिन्द्र रजवंशी र सुनबर्सी नगरपालीकाका सेक्रेटरी हरि राजवशींलाई पनि प्रहरीले गिरफ्तार गरेको छ ।

यसैबीच नेकपा मोरङले भने शान्तिपूर्ण राजनितिक गतिबिधिमा रहेको पार्टीका नेता कार्यकर्तामाथिको धरपकट बन्द गर्न आग्रह गरेको छ ।

नेकपा माेरङका सेक्रेटरी उदय राईले पक्राउ परेका नेता कार्यकर्तालाई तत्काल रिहा गर्न माग गरेका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार