आज निधन भएका आफ्ना छोरा प्रकाशको पार्थिव शरिरमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दागबत्ती दिएका छन्।

प्रकाशको अपरान्ह चार बजे पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको थियो। प्रकाशका छोराको ब्रतबन्ध नगरेका कारण बुबा प्रचण्डले नै दागबत्ती दिएका हुन्।

प्रकाशकी जेठी पत्नी सिर्जनाबाट ८ बर्षीय छोरा प्रसिद्ध छन् भने कान्छी बीनाबाट जन्मेका ४ वर्षीय छोरा प्रणव छन्।

उमेर सानै भएकाले उनीहरुको ब्रतबन्ध नभएकाका कारण छोराले दागबत्ती नदिने चलन हिन्दू संस्कारमा मान्ने गरिन्छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार