निर्वाचन नजिकिदै गर्दा देशव्यापी रुपमा बम विस्फोटका घटनाहरु घटिरहेका छन् ।
यसै क्रममा बाराकाे सिमरामा नेपाली काँग्रेसका उम्मेदवारको गाडीमा प्रेसर कुकर बम विस्फोट भएको छ । सिमरामा पार्किङ गरेर राखिएको बा १४ च ६३३० नम्बरको स्कारपीयोमा बिष्फोट भएको बताइएको छ।
बारा क्षेत्र नम्बर ४ प्रदेशसभा १ का कांग्रेस उम्मेदवारको गाडीमा बम बिस्फोट भएको प्रहरीले जनाएको छ। गाडी पूर्ण रुपमा क्षति भएको स्थानीयले बताएका छन् ।
उता जुम्लामा पनि नेपाली कांग्रेसकाे गाडीमा बम बिस्फाेट भएकाे छ । जुम्लाकाे हिमा गाउँपालिकामा कांग्रेसकाे चुनाव प्रचार प्रसार गाडीमा बम बिस्फाेट भएकाे हाे ।
यता सल्यानमा पनि माअाेवादी केन्द्रका उम्मेदवार टेकबहादुर बस्नेतकाे गाडीमा पनि बम बिस्फाेट भएकाे छ । जिल्लाकाे दार्मा गाउँपालिकामा यस्ताे बिस्फाेट भएकाे हाे ।







