जानकी दहित, दाङबाट ।

नेपाल कम्युनिस्ट पार्टी दाङले राज्यको दमनकारी रबैयाको अभियानविरुद्ध मंसिर ६ गते जिल्ला बन्दको आह्वान गरेको छ ।

यहि मंसिर २ गते मध्यरातमा दाङको रामपुरमा प्रहरीले स्थानीय सीता चौधरीलाई प्रहरीले लछारपछार पारेको र कार्तिक ३० गते आफै हिडडुल गर्न र खाना समेत नसक्ने अशक्त पाटनलाई गिरफ्तार गरि अमानबीय र कुर व्यबहार गरेको भन्दै राज्यको यस्ता दमनकारी रबैया बन्द गरी तुरुन्त रिहाइ गर्न जोडदार मागसहित मंसिर ६ गते जिल्ला बन्दको आह्वान गरिएको नेकपा दाङले जनाएको छ।

नेपाल कम्युनिस्ट पार्टीका जिल्ला सेक्रेटरी सविनले आज एक प्रेस विज्ञप्ति जारी गरि राज्यको दमनकारी रबैया बन्द गर्न र अशक्त पाटन लगायत सबै गिरफ्तार गरिएकाहरुको बिनासर्त रिहाइको जोड्दार माग गर्दै यहि मङ्सिर ६ गते दाङ बन्दको आव्हान गरिएको जानकारी दिएका छन्।

मंसिर २गते मध्यरातमा दाङको रामपुरमा प्रहरीले स्थानीय जनतालाई आतङकित गर्दै शान्तु चौधरी, भागिराम चौधरीलाई पनि बिनाकारण गिरफ्तार गरि हिरासतमा राखिएको र रामपुरमै स्थानीय सीता चौधरीलाई प्रहरीले लछारपछार पारेकोप्रति उनले घोर भर्त्सना गरेका छन्।

अहिलेसम्म दाङमा पार्टीका एक दर्जन भन्दा बढी कार्यकर्ता, समर्थक र सुभचिन्तकलाई विनाकारण प्रहरीले हिरासतमा राखिरहेको कार्यले आफुहरुलाई आक्रोशित बनाएको उल्लेख छ ।

विज्ञेप्तीकाे पूरा पाठ :

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार