नेपाल कम्युनिस्ट पार्टीका पोलिट्ब्यूरो सदस्य भरत बम ‘रणवीर’ले आफ्ना पार्टीका नेता–कार्यकर्ता र समर्थक-शुभचिन्तमाथिको सुराकी गर्नेलाई अाफ्नो पार्टीले पनि गिरफ्तार गर्ने बताएका छन् ।

सुराकी गरेर आफ्ना नेता-कार्यकर्ता र जनतालाई गिरफ्तार गराउनेलाई आफ्नो पार्टीले पनि गिरफ्तार गरेरै छाड्ने नेता रणवीरले बताएका छन् । उनले जनप्रतिनिधिविरुद्ध आफ्नो पार्टीमा उजुरी आउने क्रम सुरु भएको भन्दै त्यसको पनि छानविन गर्ने दोषी पाइए जनहिरासतमा राख्ने बताए ।

अाफ्ना पार्टीकाे नेता-कार्यकार्ता र शुभचिन्तकका घरपरिवारलाई गिरफ्तार गर्ने, मानसिक यातना दिँने सुरक्षाकर्मीले अाफ्ना घरपरिवार गाउँमा भएको कुरा भुल्न नहुने समेत रणवीरले बताए ।

शान्ति सम्झौताको मर्म विपरित दलाल संसदीय व्यवस्थालाई संस्थागत गर्ने चुनाव भएकाले आफ्नो पार्टीले खारेज गरेको रणवीरले बताए ।

अाफ्नो पार्टीले शान्तिपूर्ण चुनाव खारेजी अभियान लिएर जनतामा जाँदा राज्य निरंकुश र फासिवादी शैलीमा जारी दमनमा उत्रेको बताउँदै रणवीरले यसले शक्तिशाली जनप्रतिरोध जन्माउने बताए ।

सरकारले चुनावमा भोट हाल्न भन्दै हतियारसहित जनतामा गएको बताउँदै आफ्नो पार्टी पनि भोट नहाल्न जनतामा जाने बताउँदै दमन जारी रहे प्रतिवाद गर्नुको विकल्प नहुँने समेत बताए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार