
एमाले र माओवादी केन्द्र रुपन्देहीले चुनावी अभियानबारे जानकारी दिन अायोजना गरेको पत्रकार सम्मेलन स्थलबाटै प्रहरीले पत्रकार प्रकाश डुम्रेलाई गिरफ्तार गरेको छ ।
मंगलबार बुटवलस्थित पार्टी कार्यालयमा संयुक्त रुपमा अायोजना गरेको पत्रकार सम्मलेनकाे रिपाेर्टिङका लागि पुगेका पत्रकार डुम्रेलार्इ प्रहरीले पत्रकार सम्मेलन स्थलबाटै गिरफ्तार गरेकाे हाे । गिरफ्तार डुम्रे गर्जन पाेष्ट साप्ताहिकका प्रधान सम्पादक तथा नेपाल पत्रकार महासंघ रुपन्देही शाखाका कार्यसमिति सदस्य समेत हुन् ।
प्रेस स्वतन्त्रताको धज्जी उडाउदै पत्रकारमाथि धरपकड गरेर गिरफ्तार गरेको भन्दै नेपाल पत्रकार महासंघ, रुपन्देही शाखाले अापत्ति जनाउँदै पत्रकार डुम्रेलाई तत्काल रिहाइको माग समेत गरेको छ ।
यता क्रान्तिकारी पत्रकार संगठन नेपालले आफ्ना लुम्बिनी ब्युरो संयोजक पत्रकार डुम्रेलाई गिरफ्तार गरेको भन्दै घोर भत्सर्ना गरेकाे छ ।
पत्रकार डुम्रे क्रान्तिकारी पत्रकार संगठनका केन्द्रीय सदस्य तथा लुम्बिनी ब्युरो संयोजक समेत हुन् । प्रहरीले डुम्रेसहित देशभरबाट ८ जना पत्रकारहरुलाई गिरफ्तार गरेर हिरासतमा राखेको छ ।







