चितवन भरतपुरको वामपन्थी गठबन्धनकाे चुनावी सभामै ढलेका जनवादी गायक खुसीराम पाख्रिनको निधन भएको छ ।

भरतपुरमा एमाले माअाेवादीकाे वाम गठबन्धनले गरेको चुनावी सभामा सहभागी उनीलाई हृदयघात भएको थियो । उनलाई तत्कालै नारायणी सामुदायिक अस्पतालमा लगिएको थियो । तर, उपचारका क्रममा निधन भएको  थियाे ।

पाख्रिनले चुनावी सभामा दुईवटा क्रान्तिकारी गीत समेत गाएका थिए ।

पाख्रिन २००९ सालमा गोरखाको खरिवोटमा जन्मिएका थिए । उनी नेकपा माअोवादीका पूर्व सभासदसमेत हुन् । २०६४ सालकाे संविधानसभा निर्वाचनमा उनी माअोवादीबाट समानुपातिक सभासद बनेका थिए ।

पछिल्लो समय पाख्रिन माअोवादी केन्द्रका केन्द्रीय सल्लाहकार सदस्य थिए ।

नेकपा (चाैम)बाट राजनीतिक यात्रा सुरू गरेका पाख्रिनले माअोवादी जनयुद्द सुरू भएयता सांस्कृतिक समूहमा रहेर काम गरेका थिए ।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार