गठबन्धनका उम्मेदवारहरूले आसन्न प्रतिनिधि र प्रदेश सभा निर्वाचनको सम्मुखममा नक्कली नाेट बाँडेकाे रहस्य खुलेकाे छ ।

Rs 1,000 denomination
उम्मेदवारहरुले मतदाता प्रभावित पार्न पैसा बाँड्ने गरेको चर्चासँगै म्याग्दी सदरमुकाम बेनीका बैंक तथा सहकारीहरुमा नक्कली नोट फेला परेपछि यहाँको चुनावी सरगर्मीमा गरम मसला थपिएको छ । सामान्यत: सेक्युरिटी थ्रेट, वाटरमार्क, पेपर क्वालिटी, प्रिन्ट क्वालिटी, आकार, नोटका विभिन्न हातले छाम्न सकिने संकेत, नोटको रङ्गमा फरक परेको जस्ता नोटहरु नक्कली मानिन्छन ।
पटक–पटक बैंक तथा वित्तीय संस्थामा यस्ता नक्कली नोट फेला परेपनि यस्ता नक्कली नोट कहाँबाट, कस्ले, कसरी आए भन्ने कतै छानबिन भएका छैनन् । ‘स्थानीय तह निर्वाचनमा पनि केही ५ सय दरका नक्कली नोट फेला परेका थिए । अहिले पनि अन्य बैंकरवित्तीय संस्थाहरुमा जस्तै सामान्य सेवाग्राहीबाट छुट्टाछुट्टै दिनमा एक हजार दरका नक्कली नोट फेला परेका हुन्’ गरिमा विकास बैंकका शाखा प्रबन्धक कमल ढुङ्गानाले भने, ‘स्थानीय तह निर्वाचनमा फेला परेका ५ सय दरका फेक नोट मुख्यालयमा पठाएका थियौं, बजारमा चर्चा नहुँदा अहिले फेरी हजारका नोट बजारमा आएको हुनुपर्छ ।’
चुनावी प्रतिस्पर्धा तीव्र र कडा बन्दै जाँदा सामाजिक सञ्जालहरुमा वाम गठबन्धन पक्षधरले मतदाता प्रभावित बनाउन लोकतान्त्रिक गठबन्धनबाट नक्कली नोट बाँडिएको भन्दै आरोप लगाएका छन् । त्यसैगरी लोकतान्त्रिक गठबन्धन पक्षधर सामाजिक सञ्चाल प्रयोगकर्ताले नक्कली नोकको हल्ला फिँजाएर आफुले बाँडेको प्रत्यारोप गरेका छन् । वाम गठबन्धनले चुनाव प्रभावित बनाउन लोकतान्त्रिक गठबन्धनबाट नक्कली नोट गाउँ–गाउँमा बाँडेको आरोप लगाएको छ ।
प्रहरीले केही दिन यता विभिन्न बैंक तथा वित्तीय क्षेत्रमा नक्कली नोटहरु फेला परेको पुष्टि गरेको छ । स्थानीय तह निर्वाचन र त्यसयता गिरोहले बुटवलबाट पाल्पा, स्याङ्जा, गुल्मी, बाग्लुङ्ग हुँदै भित्रि बाटो म्याग्दीमा नक्कली नोट फिँजाएको प्रहरीले दावी गरेको छ ।







