नेपाल कम्युनिस्ट पार्टी दाङले अाज बुधवार आफ्ना नेता-कार्यकर्ता गिरफ्तारी विरुद्ध गरेको दाङ बन्दको कारण जिल्ला पूर्णत दिनभरी प्रभावित भएको छ ।

बन्दका कारण जिल्लामा चल्ने यातायातका साधन, कलकारखाना, उद्योग, व्यापार व्यवसाय, शिक्षण संस्था ठप्प छन् । बन्दका कारण पूर्व–पश्चिम राजमार्ग समेत प्रभावित छ । पूर्वबाट आउने सवारी साधानहरु भालुवाङ र पश्चिमबाट आउने सवारी साधन लमहीबजारमा रोकिएका छन् ।

दाङमा असाहय र बिरामी अाफ्ना कार्यकर्ता र शुभचिन्तकलार्इ गिरफ्तार गरेर  प्रहरीले हिटलरी शासन संचाालन गरेकाे भन्दै राज्यको दमनकारी रबैया तुरुन्त बन्द गरी सबैको बिनासर्त रिहाइको माग गर्दै जिल्ला बन्दको अायाेजना गरेको नेकपा दाङले जनाएको छ ।

अहिलेसम्म दाङमा पार्टीका १९ जना कार्यकर्ता, समर्थक र सुभचिन्तकलाई विनाकारण घरबाटै लगेर प्रहरीले हिरासतमा राखिरहेको नेकपा जिल्ला सेक्रेटरी सविन पोख्रेलले जानकारी दिएका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार