सोलुखुम्बुको तिङ्लावासीहरूले यसपालीकाे निर्वाचनमा शुन्य मतदान गर्ने भएका छन् ।

तिङ्लाबासी स्थानीयहरू ।

स्थानीय तहको सीमांकनप्रति असन्तुष्टि जनाउँदै तिङ्ला विद्रोह भयो । उनीहरुले गत वैशाखमा सम्पन्न स्थानीय चुनावमा पनि ‘नो भोट, नो क्याण्डिडेट’ अभियानअन्तर्गत चुनाव बहिष्कार गरे ।

हालै वामपन्थी र लोकतान्त्रिक गठबन्धनले मंसिर ६ र ७ मा अलगअलग चुनावीसभा गर्न खोजेका थिए । तर, मंसिर २ मा गाउँको आमभेलाकाे बैठकले गठबन्धन दलकाे कार्यक्रमलार्इ असफल तुल्याइदिए

अब उम्मेदवारहरु भोट माग्न तिङ्लामा जाने छैनन् र करिब ३१ सय मतदाताले निर्वाचन बहिस्कार गर्नेछन् ।

प्रदेश र प्रतिनिधिसभा चुनावसम्म आइपुग्दा केही दल र उम्मेदवारले तिङ्लाबासीबीच फुट ल्याउन प्रयास गरेका छन् । तर, तिङ्लाबासीले चुनावमा भोट नहाल्ने एकमतका साथ निर्णय गरेपछि यसपटक पनि तिङ्लाले ‘नो भोट’ गर्ने भयो ।

सिंगो मुलुक प्रतिनिधिसभा र प्रदेशसभा चुनावको चटारोमा रहेका बेला तिङ्लामा चुनावी गतिविधी सुनसान छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार