कालिकाेटमा प्रधानमन्त्री शेरबहादुर देउवा सहभागी कार्यक्रममा बम विस्फोट भएको छ ।
प्रधानमन्त्री देउवा विहीबार कालिकोटको कोटवाडा विमानस्थलमा अायोजित चुनावी सभालाई सम्बाेधन गर्ने क्रममा बम विस्फोट भएको बताइएको छ ।
स्थानीय पत्रकार अनिल बुढाका अनुसार विस्फोटको ठूलो अावाज अाएको र केही समय भागदौड समेत मच्चिएको थियो ।
कार्यक्रममा सहभागीहरु घरघर लागेपछि काँग्रेसका चुनावी सभा प्रभावित भएको स्थानीयहरूले बताएका छन् ।
प्रधानमन्त्री कालिकोट अाउँने भएपछि बुधबारदेखि नै सुरक्षा व्यवस्था कडा पारिएपनि कार्यक्रम स्थल नजिकै बम विस्फोटपछि सुरक्षाकर्मीहरूसमेत रणभुल्लमा परेका थिए ।







