धनकुटामा उद्योग मन्त्री सुनिलबहादुर थापालाई लक्षित गरी शुक्रबार बिहान बम विष्फोट गरिएको छ ।
धनकुटाको छिन्ताङ शहिद भूमी गाउँपालिकामा राप्रपा प्रजातान्त्रिक प्रतिनिधि सभाका उम्मेदवार समेत रहेका थापाकाे सवारीलार्इ लक्षित गरी बम विष्फोट गरिएको हाे ।
बम विष्फोट भएको ठाउँबाट करिब २ सय मिटरको दुरीमा मन्त्री थापा थिए । थापा सूर्यबहादुर थापाका छोरा समेत हुन् ।
घटनामा कुनै क्षति भने नभएको घटनास्थलमा रहेका एक प्रहरी अधिकृतले बताएका छन् ।







