बिरामी छाेरा भेट्न काठमाडाैं अाएका नेपाल कम्युनिस्ट पार्टीका पोलिट ब्युरो सदस्य चन्द्रबहादुर चन्द बीरजंगलार्इ प्रहरीले गिरफ्तार गरेकाे छ

नेकपा लुम्बिनी ब्युरो इन्चार्ज समेत रहेका चन्दलार्इ शुक्रबार अपरान्ह काठमाडौं बुढानिलकण्ठबाट गिरफ्तार गरिएकाे हाे ।

चन्दका छोरा दियस चन्द दिल्लीको म्याक्स अष्पतालमा उपचारार्थ भर्ना भएको र स्थिति जटिल भइ आइसियुमा राखेको खबर आएपछि नेता चन्द शनिबारको दिल्ली–काठमाडौं उडानमा जाँदै थिए ।

बीरजंग नेकपाका महासचिव नेत्र विक्रम चन्द विप्लवका दार्इ समेत पर्दछन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार