राेल्पामा नेपाल कम्युनिस्ट पार्टीले माओवादी केन्द्रको चुनाव प्रचार टोलीलाई स्थानीयले नियन्त्रणमा लिएका छन् ।
माओवादी केन्द्रका नेता तथा प्रतिनिधि सभा सदस्य उम्मेदवार वर्षमान पुनको प्रचारमा हिडेको टोलीलाई रोल्पाको इरिबाङ-५ केवरीबाट चुनाव प्रचार सामाग्रीसहित नियन्त्रणमा लिएका छ्न् ।
अाफूहरुको अनुमति विना गाउँ पसेर जनतामा भ्रम फिजाएकोले प्रचार टोलीलाई नियन्त्रणमा लिएको स्थानीयले बताएका छन् । कब्जामा लिएका प्रचार सामाग्री स्थानीयले अागो लगाएर जलाएका छन् भने प्रचार टोलीलाई फेरि नअाउने सर्तमा छोडिएको बताइएको छ।
नेकपाका महासचिव नेत्र विक्रम चन्द विप्लवकाे गाउँ पर्ने इरिबाङमा माअाेवादी केन्द्रकाे चुनावी प्रचार टाेली नियन्त्रणमा परेकाे हाे ।







