राताेखबर साप्ताहिक ।

नेपाल कम्युनिस्ट पार्टी जनकपुर ब्युरोले चुनावी सुरक्षाको नाममाआफना पार्टीका नेताकार्यकर्ताहरुलाई गिरफ्तार गरी र झुट्ठा मुद्दामा फसाउने काम गरेको भन्दै यस्तो हर्कत बन्द गर्न सरकारलाई आग्रह गरेको छ ।

ब्युरोले विनाकारण गिरफ्तार गरिएका आफ्ना नेताकार्यकर्ताहरुलाई रिहा नगरे तत्काल कडा संघर्षका कार्यक्रम सार्वजनिक गर्ने पनि बताएको छ । केन्द्रीय सदस्य तथा ब्युरो इन्चार्ज सन्देश पौडेलद्वारा शुक्रबार जारी एक प्रेस विज्ञप्तिमा भ्रष्टाचारलाई संस्थागत गर्न र त्यसको संजाल देशव्यापी विस्तार गर्न निर्वाचनको नाटक गरिएको बताइएको छ ।

देशब्यापी निर्वाचन खारेज अभियान संचालन गरिरहेको नेकपाले आफ्ना ४ सय भन्दा बढि नेताकार्यकर्ता पक्राउ गरिएको पनि विज्ञप्तिमा उल्लेख गरिएको छ ।

विज्ञप्तिको पूर्णपाठः

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार