सिरहाको मिर्चैयामा वाम गठबन्धनका उम्मेदवार एवम् पूर्वमन्त्री अजय शंकर नायकको चुनावी क्याम्पमा आज कुकर बम विष्फोट भएको छ।

विष्फोटबाट कुनै मानवीय क्षति नभए पनि स्थानीयवासी त्रसित भएका छन्।विष्फोटको जिम्मेवारी अखिल तराई मुक्ति मोर्चाले लिएको छ। जयकृष्ण गोइत नेतृत्वको मोर्चाले निर्वाचनको विरोधमा बम विष्फोट गराएको जनाएको छ।

मधेशको विरुद्ध निर्वाचन भइरहेको उल्लेख गर्दै गोइतद्धारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘यही २१ मंसीर २०७४ को स्वतन्त्र तराईमा प्रहरी, सशस्त्र प्रहरी र सेनाको बन्दूकको बलमा अवैध नेपाली शासकले प्रतिनिधिसभा र प्रान्तीय सभाको निर्वाचन गराएर नेपाली शासनलाई निरन्तरता दिन खोजेको हो । यस्तो स्थितिमा नेपाली निर्वाचनमा सहभागीहरुको सशस्त्र प्रतिरोध गर्नु बाहेक हम्रो निम्ति अर्को विकल्प छैन ।’

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार