नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको घर रहेकाे झापामा बम बिस्फाेट भएकाे छ ।
अाेलीकाे दमकस्थित घरमा आज बिहान करिब ४ बजे बम विष्फोट भएको हाे ।दमक नगरपालिकाका प्रमुख रोमनाख ओली बस्दै आएको उक्त घरको मूल गेटमा बम विष्फोट भएको झापाका उच्च प्रहरी प्रमुखले बताए ।
त्यसैगरी मूल गेटमै थप एउटा शंकास्पद वस्तु फेला परेकाले नेपाली सेनाका बम डिस्पोजल टोली त्यसतर्फ प्रस्थान गरेको छ । विष्फोटबाट समान्य क्षति भएको प्रहरीले जनाएको छ ।
त्यसैगरी यता नेपाली कांग्रेस झापाका सभापति तथा क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार उद्धव थापाको घरमा पनि गएराति १२ बजे बम विष्फोट भएको छ ।
विष्फोटनबाट घरमा पार्किङ गरी राखिएको बा७च ६८९५ नं को बोलेरो जिप पूर्ण रुपमा क्षति भएको प्रहरीले जनाएको छ ।
यस







