बाजुराको बुढीगंगा नगरपालिका–७ को बड्डेली मतदान केन्द्रमा शक्तिशाही बम विस्फोट भएको छ ।
स्थानीयले कम्युनिस्ट न्यूज सेन्टरलाई दिएको जानकारी अनुसार शुक्रबार राति बम विस्फोट भएको हो ।
अज्ञात समूहले गराएको बम विस्फोटपटि राति सुरक्षाकर्मी परिचालन गरिएको छ । नेपाली सेना, प्रहरीको संयुक्त टोली घटनास्थल पुगेको बताइएको छ । आज विहान घटनास्थलमा खाना पकाउने ग्यास सिलिण्डरका टुक्राहरु भेटिएको स्थानीयको भनाई छ ।
निर्वाचनको मिति नजिकिँदै जाँदा दलका कार्यकर्ता र बम विस्फोटले बाजुरा अशान्त भएको छ । शुक्रबार राति मात्रै एमालेका कार्यकर्ताले नेपाली काँग्रेसका कार्यकर्तामाथि अाक्रमण गर्दा ७ जना घाइते भएका थिए । जसमा दुई जनाको अझै होस खुलेको छैन ।







