नेपाली कांग्रेसको तर्फबाट प्रतिनिधि सभाको उम्मेदवार एवं मन्त्री समेत रहेका शम्भुलाल श्रेष्ठको घरमा गएराती बम विष्फोट भएको छ ।

नेपाल सरकारकाे पशुपन्छी विकास राज्य मन्त्री एवं काँग्रेस क्षेत्र नम्बर १ का उम्मेदवार श्रेष्ठको घरमा विहानै शक्तिशाली प्रेसर कुकर बम बिष्फोट भएको हाे । बम विष्फोटनको कारण ५ फिट अग्लो पर्खाल ढलेको छ ।

विष्फोटबाट अन्य मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ ।

बम बिष्फोट हुंदा मन्त्री श्रेष्ठ घरमै थिए ।विभिन्न खालका धन्दा गर्दै स्थानीय बासिन्दालाई ठगेको भन्दै श्रेष्ठको क्रसर उद्योगमाथि आक्रमण हुँदा करोडौंको क्षेति भएको छ ।

बिष्फोटले कम्पाउण्ड पर्खालको सानो हिस्सा भत्किएको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार