पहिलो चरणमो मतदान शुरु हुनु पूर्व र शुरु भइसक्दा देशव्यापी रुपमा मतदान स्थलहरुमा बम विस्फोट हुनथालेपछि सर्वसाधारणहरुको उपस्थिति निकै न्युन हुन थालेको छ ।
जुम्ला, बझाङ, नुवाकाेट र मकवानपरलगायत देशैभरिका मतदान केन्द्रमा मतदान शुरु भएको केही समयमा बम विस्फोट भएका छन् भने देशैभरि बम विस्फोटले मतदान केन्द्र असुरक्षित बन्न पुगेका छन् ।
बझाङको छविसपाथीभेरा गाउँपालिका वडा नम्बर–५ मा बिहान नचिनेको मानिसको समूहले बम विष्फोट गराएको प्रहरीले बताएको छ ।
प्रहरीका अनुसार वडा नम्बर ५ को मतदान केन्द्र भन्द्र थलारा निमावि ब्यासी नजिकै बम विस्फोट भएको हो । विस्फोटसँगै मतदाता डराएका छन् भने सुरक्षाकर्मीले सतर्कता बढाएका छन् ।
बम विस्फोटको आवाज ठूलो आएपछि राजनीतिक पार्टीका कार्यकर्ता बाहेक सर्वसाधारण मतदाता मतदान सुरु हुने समयसम्म पनि कोही घरबाट ननिस्केको बताइएको छ ।
यसअघि शनिबार दिउँसो पनि छविसपाथीभेरा गाउँपालिकाको वडा नम्वर ४ को जंगलमा बम पड्किएको थियो । उता गाेरखाका दुर्इ मतदानन केन्द्रमा पनि शक्तिशाली बम विस्फाेट भएका छन् ।
यसअघि अाज राति नुवाकाेट र मकवानपुरका अलग अलग स्थानका मतदान केन्द्रमा पनि बम विस्फाेट भएका छन् । यसले गर्दा निर्वाचनका मतदान केन्द्र नै असुरक्षित भएकाे दलका नेता कार्यकर्ताहरूले समेत चिन्ता व्यक्त गर्न थालेका छन् ।







