पहिलो चरणको निर्वाचनको मतदान अाज विहान ७ बजेबाट सुरु भएपनि अहिलेसम्म राेल्पाको थबाङमा कसैले पनि मतदान गरेकाे छैन ।

नेपाल कम्युनिस्ट पार्टीकाे ठूलाे प्रभाव मानिएकाे थबाङकाे मतदान केन्द्रमा अहिले सुरक्षाकर्मी र कर्मचारी मात्रै देखिएकाे एक स्थानीयले  जानकारी दिए ।

दाेस्राे संविधाननसभा निर्वाचनकाे बेला शुन्य मत खसालेका यहाँका स्थानीयहरूले यसपालीकाे निर्वाचनमा पनि शून्य मत खसाल्ने अनुमान गरिएकाे छ ।

निर्वाचनकाे मतदान हुन एक दिन अगाडि हिजो साँझ मात्र नेकपाका स्थानीय कार्यकर्ताहरूले थबाङमा मशाल जुलुससहित चुनाव खारेज गर्नु पर्ने नाराबाजी गरेका थिए ।

नेपाली सेनासहितकाे ठूलाे सुरक्षाकर्मीकाे घेरामा रहेकाे थबाङ मतदान रहेकाे यसपटक स्थानीयले मतदान गर्छन् या गर्दैनन्, त्याे भने अाजकाे दिनभरिकाे समय पर्खनु पर्नेछ । सेनासहितको ठूलो सुरक्षाकर्मीको घेरामा रहेको थबानको मतदान केन्द्र अहिलेसम्म सुनसान

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार