पहिलो चरणको निर्वाचन अन्तगरत मतदान सुरुसँगै देशव्यापी रूपमा मतदान केन्द्रमा बम विस्फोट भएसँगै रूकुमका विभिन्न स्थानका मतदान केन्द्रमा शक्तिशाली बम विस्फाेट भएका छन्

रुकुम पश्चिमको आठविसकोट नगरपालिकाका–७ मा रहेको मनकामना प्राथमिक विद्यालय चुर्तीपाखामा रहेको मतदानस्थल र र सोही स्थानको वडा नं. ८ बयलडाँडामा रहेको बयलीगाउँ प्राथमिक मतदान केन्द्रमा बम विस्फोट भएकाे छ ।

चुर्तीपाखाँमा तीन वटा र बयलडाडाँमा दुईवटा गरी पाँचबटा बम विस्फोट गराइएकोे स्थानीयले बताएका छन ।

माअाेवादी केन्द्रकाे प्रभाव क्षेत्र मानिने रूकुमका मतदान केन्द्रमा भएकाे बम विस्फाेटले मतदान केन्द्रहरू असुरक्षित रहेकाे स्थानीयहरूकाे भनार्इ रहेकाे छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार