जानकी दहित / दाङबाट ।
रोल्पाका मतदान केन्द्रलाई लक्षित गरी दर्जनौं ठाउँमा बम विष्फोट भएका छन् ।
रोल्पाका अधिकांश ठाउँमा आज रातीदेखि बिहानसम्म बम विष्फोट भइरहेका छन् । आइतबार बिहान सुरु भएको प्रदेश तथा प्रतिनिधि सभाको चुनावको मतदान केन्द्रलाई लक्षित गरी बम विष्फोट भइरहेको त्यहाँका स्थानीयले बताएका छन् ।
रोल्पाको थबाङ गाउँपालिकाको उवा, मिरुलमा मतदान केन्द्रलाई लक्षित गरी दर्जनौं बम विष्फोट भएका छन् । त्यस्तै रोल्पाकै सुकिदह गाउँपालिकाको पाखापानी, जिनाबाङ मतदान केन्द्रमा पनि बम विष्फोट भएका छन् ।
यस्तै सुनछहरी गाउँपालिकाको गाम, सिउरी, जैमकसला, जेलबाङका मतदान केन्द्र नजिक बम विष्फोट भएका छन् । रोल्पाकै दुइखोली गाउँपालिकाको इरिबाङ, माडी गाउँपालिकाको घर्तिगाउँ, झेनुवा, सुवर्णवती गाउँपालिकाको घोडागाउँलगायत दर्जनौं ठाउँमा पनि बम विष्फोट भएका छन् ।
बम विष्फोटबाट स्थानीय जनता र मतदान केन्द्रमा खाटिएका कर्मचारी त्रसित छन् । पुरानै संसदीय व्यवस्थाको चुनावप्रति अन्तुष्ट तथा आक्रोशित जनताहरु अहिलेसम्म केही ठाउँमा मतदानमा सहभागी भएपनि धेरै ठाउँमा सहभागी भएका छैनन् ।
राेल्पाकाे थबाङ र सेरम मतदान केन्द्रमा त्यहाँका जनताहरु भोटमा सहभागी नभएपछि मतदान केन्द्रहरु सुनसान देखिएकोको स्थानीयले बताएका छन् ।







