नेपाल कम्युनिस्ट पार्टीका पोलिटव्युरो सदस्य ओमप्रकाश पुनले जर्बजस्ती गरिएको यो कथित निर्वाचनमा प्रहरीसहित नेपाली सेनाको समेत दुरुपयोग गरिएकोमा गंभीर आपत्ति व्यक्त गरेका छन् ।

कालिकोट, रोल्पालगायत देशैभरि करोडौं रकम खर्चेर, झण्डै दुई लाखको संख्यामा सुरक्षाकर्मी परिचालन गरेर जर्बजस्ती चुनाव गरिदा जनताले त्यसको सशक्त प्रतिरोध गरेकोमा नेता पुनले आभार व्यक्त गरेका छन् ।

सामाजिक संजाल फेसबुकमार्फत नेकपाका नेता पुनले दलाल नेताहरुको आदेशका भरमा नेपाली जनतामाथि दमनको हत्कन्दा प्रयोग नगर्न नेपाली सेनालगायत सुरक्षाकर्मीलाई आग्रह गरेका छन् ।

आफ्नो पार्टी देश र जनताको मुक्तिको लागि अगाडि बढेको पार्टी भएकोले आफुहरुमाथि दमन भए त्यसको सशक्त प्रतिरोध गरेर जाने नेता पुनले चेतावनी दिएका छन् ।

नेता पुनकाे अपिल

अादरणीय र सहयाेद्धा साथीहरू तथा न्यायप्रेमी जनसमुदाय !

संसदीय ब्यवस्थालाई अन्तिम रुपमा संस्थागत गर्ने उद्देश्यले गर्न थालिएको कथित चुनावको पहिलो दिन अाज देशब्यापी जनस्तरबाट झडप र प्रतिरोध भैरहेको छ । दलाल राज्यले जनचाहना बिपरित जबर्जस्त राज्यको तिनवटै सुरक्षा निकाय प्रयोग गरेर जनतालाई दमन गरी भाेट हाल्न बाध्य पार्दै छ ।

करोडौं पैसा बाँडेर वा राज्यको बन्दुक र गुण्डा प्रयाेग गरेर जनतालाई  त्रास देखाई गरिने चुनावले देश र जनतालाई कुनै हित नहुने कुरा अाम बुद्दिजिवि र जनतालाई महसुस भैसकेकाे छ । यहि कुरालाई मध्यनजर गरि हाम्रो पार्टी नेपाल कम्युनिस्ट पार्टीले चुनाव खारेजी अभियानलाई शसक्त पारिरहेको छ भने जनता र नेता कार्यकर्ता उच्च मनाेबलका साथ त्यस अभियानमा सरिक भैरहेका छन् ।

यसमा नेपालकाे सुरक्षा निकाय दलालहरुकाे स्वार्थमा प्रयाेग नहाेस् भन्ने हाम्राे चाहना छ तर कालिकोट, राेल्पा लगायतकाे घटना हेर्दा सेना समेत दुरुपयाेग भएको देख्दा हामीलाई निकै गम्भीर बनाएको छ । कथित चुनाव दलालहरुले देशमा गृहयुद्ध निम्त्याउने उद्देश्यले जनतामा लादेका छन् र हाम्रो पार्टी त्यसको सामना गर्न तयार भएर नै अगाडि बढेको छ ।

हामी सबै नेता र कार्यकर्ता जनताको बीचमा छाै । हामी नेपालमा वैज्ञानिक समाजवाद स्थापना नभएसम्म निरन्तर लडिरहने छाै । यद्धपि दलाल राज्यले हाम्रो पार्टीका पाेलिटब्युराे सदस्य कमरेड वीरजंगलगाएत देशभरिबाट करिब चार सय नेता-कार्यकर्ता गिरफ्तार गरेकोे छ भने कैयाै झडपमा घाईते छन् ।

हाम्रो अपिल छकि हामीसँग क्रान्ति गर्ने महान् विचार र त्यसलाई हाँक्ने सक्षम नेतृत्व र निर्दिष्ट लक्ष्य छ । त्यसकारण याे जनतालाई गुलाम र दास बनाउने कथित चुनाव अारेजी अभियानमा उच्च मनाेबलका साथ लड्न सबै क्रान्तिकारी याेद्धा र जनतालाई हार्दिक अपिल गर्दछाै र हामी पनि तपाईं हरुकै साथमा छाै ।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार