जानकी दहित, दाङबाट ।

यही हाे राेल्पा थबाङ । जहाँ सुरक्षाकर्मी लगाएर मतदान गर्न लगाइदैछ ।
रोल्पाको थबाङमा सशस्त्र प्रहरीले गाउँ गाउँमा प्रवेश गरेर स्थानीय जनतालार्ई भोट हाल्न जर्बजस्ती गरिरहेकाे भन्दै स्थानीयहरूले गंभीर अाक्राेश व्यक्त गरेका छन् ।
बिहानसम्म मतदान केन्द्र सुनसान भएपछि त्यहाँको प्रशासनले जनतालाई धम्क्याउदै भोट लगाइरहेको स्थानीयहरूले बताएका छन् ।
स्थानीयहरु त्रसित भएर केहीले मतदानमा भाग लिएकाे बताइएकाे छ । शनिबार साँझ चुनावको विरोधस्वरुप मसाल जुलुस गरिएको थाहाँ पाएपछि त्यहाँ बाक्लो रुपमा सेना प्रहरी परिचालन गरिएको छ ।
बिहानसम्म बम बिस्फोट भइरहँदा आआाफ्नो घरमा बसिरहेका जनतालाई सुरक्षाकर्मीले भोट हाल्न दबाब दिइरहेको पनि स्थानीयले बताएका छन् ।







