हुम्लाको शंखेली गाउँपालिका ३ रारा आधारभूत विद्यालय मेखाला मतदान केन्द्रमा मतदाता नै उपस्थित नभएपछि अझैसम्म मतदान हुन सकेको छैन।

११९ मतदाता रहेको उक्त केन्द्रमा एक जना पनि मतदाता उपस्थित नभएपछि आयोगका कर्मचारी र सुरक्षाकर्मी घाम तापेर बसेका छन् । स्थानीय तहको पुनःसंरचनामा असन्तुष्ट रहेका स्थानीयहरूले विज्ञप्ति सार्वजनिक गर्दै मतदान नगरेका हुन् ।

राज्यकाे नीति र कायर्क्रम जनमैत्री नभएकाे भन्द स्थानीय जनताले विज्ञप्ति टाँसेर मतदानस्थलमा उपस्थित नभएको एक उच्च सरकारी अधिकारीले बताएका छन् ।

उक्त मतदान केन्द्र सदरमुकामबाट ४० कोस टाढा पर्छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार