लोकतन्त्रको नाममा लुटतन्त्र र दलालतन्त्रलाई बलियो बनाउने उद्धेश्यसहित गरिएको पहिलो चरणको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन आज आइतबार सम्पन्न भएको छ ।

बन्दुककाे घेरामा सकिएकाे मतदान ।

२५ वर्षमा देशलाई पालैपालो लुटेर खाएका संसदवादी लुटेराहरुले यसपटक फेरि चुनावको नाममा पुन थप लाइसेन्स प्राप्त गर्न सफल भएका छन् । यसका लागि उनीहरुले अर्बाै राष्ट्रको सम्पति स्वाहा पारेका छन् ।

गरिबीले थिचिएर त्यसैपनि थला परेको देशलाई अब यिनै संसदवादी लुटेराहरुले संसदवाट थप लुट मच्चाउन वैधानिकता पाएका छन् र देश अब झन् दलदलमा फस्ने निश्चित भएको छ ।।

राष्ट्रको अबौं रकम, दलाल र भ्रष्टहरुको व्यक्तिगत अबौं रकम समाप्त पारेर, जनतालाई जर्बजस्ती मतदान गर्न लगाएर लोकतन्त्रको नाममा दलालतन्त्रलाई हावी गर्न दलाल सरकारले चुनावको नाटक मंचन गरेको छ ।

लोकतन्त्रमा मतदान गर्न र नगर्न दुवै अधिकार हुन्छ । अनि भोट हाल र नहाल भनेर भन्ने दुवै अधिकार पनि हुन्छ लोकतन्त्रमा । तर यी दुवै अधिकार नेपाल कम्युनिस्ट पार्टीलाई गर्न दिइएन ।

यी दुवै अधिकारबाट बंचित गरिएपछि नेकपाको नेतृत्वमा नेपाली जनताले स्वतस्फुर्त रुपमा लोकतन्त्रको नाममा गरिएको चुनावलाई धेरैहदसम्म प्रतिकार गर्ने काम गरेका छन् ।

निर्वाचन अगाडि र त्यसैदिन देशैभरि भएका बम विस्फोट र झडपका घटना कम चानचुने छैनन् । जसका कारण पनि यसपटकको निर्वाचनमा जनताले स्थानीय निर्वाचनको तुलनामा धेरै संख्यामा कम मत खसालेका छन् ।

यो नेपाली जनताको संसदीय व्यवस्था र नेताहरुप्रतिको वितृष्णाको कारण हो ।

निर्वाचन आयोगले भन्न त करिब ६५ प्रतिशत खसेको भनेपनि वास्तवमा ६० प्रतिशत भन्दा बढी मत नखसेको देखिन्छ ।

जे भएपनि दलालतन्त्र एकपटक फेरि मुर्झुराउने भएको छ । दलाल नेताहरु अब देशलाई बन्धकी राख्न र देशलाई लुट्न एक आसपमा तीव्र प्रतिस्प्रधा गर्नेछन् । र ७५ लाख विदेशिएका नेपाली युवाको भविष्य झन् डामाडोल बन्ने निश्चित छ ।

किनकि दलालहरु मालिकको इशारामा काम गर्छन् । उनीहरुले जनताको भविष्यबारे सोच्न समेत सक्दैनन् । होइन भने २५ वर्षमा केही त हुन्थ्यो ।

अर्को सत्य के पनि हो भने संसदीय व्यवस्थाप्रति स्वतस्फुर्त रुपमा नेपाली जनतामा देखा परेको वितृष्णा र आक्रोशलाई एकपटक नेपाल कम्युनिस्ट पार्टीले आन्दोलनको रुपमा संगठित गर्नेछ र दलालतन्त्रलाई ढलाई छाड्ने निश्चित छ ।

विप्लवहरु त्यत्तिकै जन्मदैनन् । देशमा जबसम्म रोग, भोक, शोक, गरिबी र अन्याय रहन्छ तबसम्म विप्लव (विद्रोह)हरु जन्मिरहन्छ ।

विप्लव त्यसै पनि जन्मिसकेको छ । त्यसले दावानल (ज्वालामुखी) धारण गर्यो भने नेपालमा छिट्टै संसदवादी दलालहरुको लुटतन्त्र ढल्ने निश्चित छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार