गुल्मीमा चुनावी कार्यक्रममा जाँदै गर्दा नेपाली काँग्रेसका नेताहरुलाई लक्षित गरेर बम विस्फोट भएको छ ।

जिल्लाको क्षेत्र नं २ मा चुनावी कार्यक्रममा जाँदै गर्दा अज्ञात समूहले नेपाली काँग्रेसका जिल्ला सचिव खिलध्वज पन्थी र क्षेत्र नं २ का पार्टी सभापति भगत खड्कमाथि बम प्रहार  गरेकाे थियाे । मुसिकोट नगरपालिका वाड नं १ को नेटा को घुम्तीमा उक्त विस्फोटमा दुबै जना बालबालले बाँचेका छन् ।

गुल्मीको दर्लिङमा चुनावी सभा गर्नको लागि जाँदैगर्दा माथिबाट फालिएको बम गाडीभन्दा ५ मिटर पछाडि खस्नाले दुवैजनाको ज्यान बस्न सफल भएको हो । भगत खड्काका अनुसार प्रहरीलाइ खबर गरिएको र प्रहरी आएपछि कार्यक्रममा जाने बताए ।

दाेस्राे चरणकाे निर्वाचनकाे प्रचार प्रसार नजिकिदै गर्दा देशैभरि बम विस्फाेटका घटनाहरू घटिरहेका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार