भाेजपुरमा जिल्लाका विभिन्न मतदान केन्द्रका मतपेटिका सदरमुकाम ल्याउने क्रममा  मतपेटिका बोकको टोलीलाई लक्षित गरेर बम विस्फोट गरिएको छ ।

भोजपुरको उत्तरी साल्पासिलिछो गाउँपालिका अन्तर्गतका वडाहरुको मतपेटिका बोकेको टोलीमाथि षडानन्द नगरपालिकाको न्याउले जंगलमा बम विस्फोट गराइएको हो ।

मतपेटिका सदरमुकाम ल्याउदै गर्दा भएको बम विस्फोटमा कुनै मानवीय क्षति नभएको प्रहरीले बताएकाे छ ।

यता जाजरकोटको कुशे गाउँपलिका–१ मा मतपेटिका सदरमुकामतर्फ ल्याउँदै गर्दा सोमबार बम विष्फोट भएको छ ।

जिल्ला प्रहरी कार्यालय, जाँजरकोटले दिएको जानकारी अनुसार बम विष्फोट हुँदा छर्रा लागेर शान्तबहादुर बस्नेत सामान्य घाइते भएका छन् ।

मतपेटिकामा भने कुनै क्षति पुगेको छैन ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार