
झापामा नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाको घरमा अज्ञात समूहले बम विस्फोट गराएको छ।
झापाको भद्रपुर नगरपालिका वडा नं १० चन्द्रगढीमा रहेको सिटौलाको घरमा आज राति करिव १ बजेतिर विस्फोट गराइएको प्रहरीले जनाएको छ।
घरको पछाडि भागबाट बम फ्याकेको बताइएको छ। घरमा सामान्य क्षति भएको छ।
झापा क्षेत्र नं ३ बाट प्रतिनिधि सभाका उम्मेदवार रहेका सिटौला घरमै थिए। ठूलो क्षति पुर्याउन नभर्इ तर्साउन मात्र बम विस्फोट गराइएको हुन सक्ने प्रहरीको भनार्इ छ।
प्रहरीका अनुसार घरमा सुलती बम प्रहार गरिएको थियो।







