चितनवमा वाम गठबन्धनकाे मंगलबार हुने सभास्थलमा शक्तिशाली बम विस्फोट भएको छ ।

अाज हुने वाम गठबन्धनकाे कार्यक्रममा एमाले नेता सुरेन्द्र पाण्डेले सम्बोधन गर्ने साे सभालाई लक्षित गरेर बम विस्फाेट गरिएकाे हाे ।

स्थानीयका अनुसार सभा स्थल नजिकै बिस्फोटको ठूलो आवाज आएको तर क्षतिको विवरण यकिन हुन सकेको छैन ।

नेकपा एमाले र माओवादी केन्द्रकाे गठबन्धनले अाज दिउँसो गर्न गइरहेकाे चुनावी सभास्थल नजिकै बम विस्फोट भएपछि कार्यक्रम प्रभावित हुने देखिएकाे  छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार