प्रतिनिधिसभा र प्रदेशसभाको पहिलो चरणको निर्वाचन सकिएसँगै संसदवादी दलहरु दोस्रो चरणको निर्वाचनमा होमिएका छन् ।
निर्वाचनमा होमिएका कांग्रेस, एमाले र माओवादी केन्द्रलगायतका दलहरुले चुनावमा कतिसम्म आर्थिक खर्च गरे होलान् भनेर नेपालको एक चर्चित अलाइन पत्रिका अनलाइनखबरका एक वरिष्ठ संवाददाताले वास्तविक यथार्थ बाहिर ल्याएका छन् ।
अनलाइनखबरका संवाददाता मात्रृका पौडेलले यसपटको निर्वाचनमा सांसद बन्न प्रत्येक सांसदले चुनावभरिक २ दुई देखि चार अर्ब खर्च गरेको हुन सक्ने रिपोर्ट निकालेका छन् ।
रोमछापमा एक सांसदका प्रत्याशीले दैनिकी १० लाखका दरले खर्च गरेको प्रत्यक्ष आफले देखेको बताउँदै उनले यो हिसाबबाट चुनावभरि सांसद बन्न अरबौं खर्च गरेको रिपोर्ट निकालेका हुन् ।
पत्रकार मात्रृका पौडेलले पहिलो चरणको निर्वाचनको बेला नुवाकोट, सिन्धुपाल्चोक, काभ्रे र रामेछापमा प्रत्यक्ष घुमेर उनले लामो रिपोर्टमुलक लेख अनलाइनखबरमा तयार पारेका छन् ।
उनको त्यही रिपोर्टको निचोड हो यो । उनी लेख्छन् –
पैसा हो कि नगदको खोलो ?
रहृयो कुरा, पैसाको चलखेल । स्थानीय चुनावमा गाउँपालिका अध्यक्ष जित्न ५ करोडसम्म खर्च गर्नेहरुले प्रतिनिधिसभा र प्रदेशसभामा कति खर्च गरे होलान् ? सुन्दामात्रै पनि आङ जिरिङ्ग हुन्छ । कम्तिमा एक करोड खर्च नभएको कुनै उम्मेदवारको छैन होला । ठूला गठबन्धनका उम्मेदवारहरुको खर्च एक करोडभन्दा माथि रहेको अनुमान सह गर्न सकिन्छ ।
रामेछापकै कुरा गर्दा, एकजना उम्मेदवारको दैनिक खर्च १० लाख, प्रत्येक वडामा कम्तिमा दुई कार्यकर्तालाई पल्सर १५० मोटरसाइकल, बुथ खर्च प्रत्येक वडालाई ४ लाख…जम्माजम्मी १० करोडभन्दा माथि नगद स्वाहा । टिकट लिँदादेखिको अदृष्य खर्चको हिसाबै छैन ।
पानीसरि पैसाको खोलो बगेको देख्दा यो निष्कर्षमा पुगियो- दुई चार अर्ब रुपैयाँ चलाउन नसक्नेहरु पार्टीको झोला बोक्नमात्र योग्य छन्, चुनाव लड्ने कुरा अब उनीहरुको बुँतामा रहेन ।







